FAQs Complain Problems

Public Disclosure

वडा नं.५

कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं. ५ साविकको वडा नं. ७(साविकको डाँछी गाविस वडा नं. ७,८ र ९ ) मिलेर बनेको छ। यस नगरपालिकाले गरेको घरधुरी जनगणना सर्वेक्षण, २०७५ अनुसार  यस वडामा जम्मा २३९७ घरधुरी छन् भने यस वडामा जम्मा ९७७६ जनसंख्या रहेको छ ।जस्मा महिला जनसंख्या ३७८१ , पुरुष जनसंख्या ३९९५ र तेस्रो लिङ्गि जनसंख्या ३ रहेको छ ।यस वडाको जम्मा क्षेत्रफल ४.२२४  वर्ग कि.मी  रहेको छ ।  

यस वडाका जनप्रतिनिधिमा राजाराम पुडासैनी २०७४ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो ।\

स्थानीय तह निर्वाचन,२०७९बाट वडा अध्यक्षका रुपमा शंकर पाण्डे निर्वाचित हुनु भएको छ।

Nepali

वडा नं.४

कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं. ४ साविकको वडा नं. ५ र ६(साविकको डाँछी  गाविसको वडा नं. १,२,३,४,५ र ६ ) मिलेर बनेको छ।यस नगरपालिकाले गरेको घरधुरी जनगणना सर्वेक्षण, २०७५ अनुसार  यस वडामा जम्मा १७९६ घरधुरी छन् भने यस वडामा जम्मा ७७७७ जनसंख्या रहेको छ ।जस्मा महिला जनसंख्या ३७८१ , पुरुष जनसंख्या ३९९५ र तेस्रो लिङ्गि जनसंख्या १ रहेको छ ।यस वडाको जम्मा क्षेत्रफल २.९६४  वर्ग कि.मी  रहेको छ ।  

यस वडाका जनप्रतिनिधिमा भाईकाजी अधिकारी  २०७४ को स्थानीय निर्वाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको थियो ।

Nepali

वडा नं. ३

कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं. ३ साविकको वडा नं. ४र १६ (साविकको भद्रवास गाविस ) मिलेर बनेको छ। यस नगरपालिकाले गरेको घरधुरी जनगणना सर्वेक्षण , २०७५ अनुसार यस वडामा जम्मा ६८३ घरधुरी  छन् भने यस वडामा जम्मा २९३२ जनसंख्या रहेको छ ।जस्मा महिला जनसंख्या १४०० र पुरुष जनसंख्या १५३२ रहेको छ ।यस वडाको जम्मा क्षेत्रफल १.६१ वर्ग कि.मी  रहेको छ । 

यस वडाका जनप्रतिनिधिमा राममणी पुडासैनी २०७४ को स्थानीय निर्वाचनचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको थियो र स्थानीय निर्वाचन,२०७९ बाट पुनः वडा अध्यक्षमा राममणी पुडासैनी निर्वाचित हुनभएको छ।

 

Nepali

वडा नं. २

कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं. २ साविकको वडा नं. ३ र १५ (साविकको आलापोट गाविस ) मिलेर बनेको छ। यस नगरपालिकाले गरेको घरधुरी जनगणना सर्वेक्षण अनुसार  यस वडामा जम्मा ७५२ घरधुरी छन् भने यस वडामा जम्मा ३४६८ जनसंख्या रहेको छ ।जस्मा महिला जनसंख्या १७०३ र पुरुष जनसंख्या १७६५ रहेको छ ।यस वडाको जम्मा क्षेत्रफल १.५५३ वर्ग कि.मी  रहेको छ । बिभिन्न जात्राहरुको लागि यस वडा प्रख्यात रहेको छ। 

Nepali

संघ संस्था दर्ताका लागि आवश्यक कागजातहरु

१. भेलाको निर्णयको प्रतिलिपि-१

२.प्रारम्भिक भेलाको प्रस्तावित पदाधिकारी चयन गरेको निर्णयको प्रतिलिपि -१

३.प्रस्तावित पदाधीकारीहरुको नेपाली नागरिकताको प्रतिलिपि १/१ प्रति

४.दर्ता गर्ने संस्थाको प्रस्तावित प्रमाणीत विधानको प्रतिलिपि- १

५.सम्बन्धीत वडा कार्यालयको सिफारिस

६. रितपूर्वकको निवेदन

Pages