कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं. ८ साविकको वडा नं. ११ (साविकको गोठाटार गाविसको वडा नं. १,२,३ र ४ ) मिलेर बनेको छ। यस नगरपालिकाले गरेको घरधुरी जनगणना सर्वेक्षण, २०७५ अनुसार यस वडामा जम्मा ३०२९ घरधुरी छन् भने यस वडामा जम्मा ११०१६ जनसंख्या रहेको छ ।जस्मा महिला जनसंख्या ५३३९ र पुरुष जनसंख्या ५६७७ रहेको छ ।यस वडाको जम्मा क्षेत्रफल १.७१८ वर्ग कि.मी रहेको छ ।
यस वडाका जनप्रतिनिधिमा श्रीकृष्ण चाँपागाई २०७४ को स्थानीय निर्वाचनचनबाट वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो ।
स्थानीय तह निर्वाचन,२०७९बाट वडा अध्यक्षका हरिभक्त पुडासैनी निर्वाचित हुनु भएको छ।
कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं. ७ साविकको वडा नं. ८ र १२ (साविकको मूलपानी गाविस वडा नं. १,२,३ र गोठाटार गाविस वडा नं. ५,६, र ७ ) मिलेर बनेको छ। यस नगरपालिकाले गरेको घरधुरी जनगणना सर्वेक्षण, २०७५ अनुसार यस वडामा जम्मा ४९०१ घरधुरी छन् भने यस वडामा जम्मा १९००८ जनसंख्या रहेको छ ।जस्मा महिला जनसंख्या ९३१४ र पुरुष जनसंख्या ९६९४ रहेको छ ।यस वडाको जम्मा क्षेत्रफल २.४२२५ वर्ग कि.मी रहेको छ ।
यस वडाका जनप्रतिनिधिमा जीवन थापा २०७४ को स्थानीय निर्वाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको थियो ।
कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं. ६ साविकको वडा नं. ९ र १० (साविकको मूलपानी गाविस वडा नं. ४,५,६,७,८ र ९) मिलेर बनेको छ।यस नगरपालिकाले गरेको घरधुरी जनगणना सर्वेक्षण, २०७५ अनुसार यस वडामा जम्मा २९४१ घरधुरी छन् भने यस वडामा जम्मा १२८८१ जनसंख्या रहेको छ ।जस्मा महिला जनसंख्या ६३६६ , पुरुष जनसंख्या ६५१४ र तेस्रो लिङ्गि जनसंख्या १ रहेको छ ।यस वडाको जम्मा क्षेत्रफल ३.०२७ वर्ग कि.मी रहेको छ ।
यस वडाका जनप्रतिनिधिमा प्रकाश फुयाल २०७४ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको थियो ।
कागेश्वरी मनोहरा नगरपालिकाले युवाहरुलाई रोजगारीमुखी बनाउने आफ्नै नगरपालिकाभित्र अवसर सिर्जना गर्ने तथा डिजिटल साक्षरता र कार्यस्थल तत्परता अभिवृद्धि गर्ने उद्देश्यका साथ जेनेस सोलुसन प्रा.लि.को सहकार्यमा निःशुल्क १० दिने आईटी (IT) तालिम कार्यशाला प्रारम्भ
कागेश्वरी मनोहरा नगरपालिका पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा कार्यक्रम
कागेश्वरी मनोहरा नगरपालिकाको प्रशासनीक भवनको औपचारिक उद्घाटन कार्यक्रम
कागेश्वरी मनोहरा नगरपालिका अनिवार्य तथा निशुल्क शिक्षा सुनिश्चित नगरपालिका घोषणा सभा
आई.ओ.एस(IOS) मोबाइल प्रयोगकर्ताले हाम्रो मोबाईल एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।
एण्डरोईड(Android) मोबाइल प्रयोगकर्ताले हाम्रो मोबाईल एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।कृपया मोबाइल एप डाउनलोड गरेपछी स्थानीय तह कागेश्वरी मनोहरा नगरपालिका छान्नुहोला।