FAQs Complain Problems

कागेश्वरी मनहरा नगरपालिकाको सम्पूर्ण नगरबासीमा अनुरोधः

कागेश्वरी मनहरा नगरपालिकाको सम्पूर्ण नगरबासीमा अनुरोधः

 

  • नगरपालिकाको अनुमति लिएर मात्र भवन निर्माण गरौं । घर निर्माण गर्दा राष्ट्रिय भवन संहिता अनुरुप मापदण्ड २०६४ र २०७२ पुरा गरी नक्शा पास गरेर मात्र घर निर्माण गरौं।
  • भूकम्पिय प्रतिरोधात्मक पुर्वाधार/संरचनाको निर्माण गरौं ।
  • यस कागेश्वरी मनहरा नगरपालिकाभित्र कार्यक्षेत्र रही घरेलु तथा साना उध्योग     कार्यालय‚ वाणिज्य विभाग‚ उध्योग विभाग आदिमा दर्ता भई यस नगरपालिकामा     कार्य क्षेत्र रहेका उध्योग व्यवसायहरुलाई नगरपालिकाले तोकेको मापदण्ड अनुसार      आफ्नो उध्योग व्यवसायहरु अध्यावधिक गरी नगरपालिकालाई सहयोग गरौं ।
  • विनाशकारी भूकम्पका कारण भत्केका संरचनाहरुको भग्नावशेष‚ चोक‚ गल्ली‚      सडक‚ धार्मिक एवम् पुरातात्विक सम्पदा र सार्वजनिक स्थलबाट हटाउन सहयोग    गरौं ।
  • नगरपालिका क्षेत्रमा प्लटिङ्ग व्यवसाय गर्नेहरुले सम्बन्धित निकायमा नियमानुसार दर्ता भई नगरपालिकाबाट अनुमति लिएर मात्र कारोबार गरौं ।
  • बालश्रम प्रयोग नगरौं ।
  • व्यक्तिगत घटना (जन्म‚ विवाह‚ बसाई सराई‚ सम्बन्ध विच्छेद‚ मृत्यु) को ३५     दिन भित्र सम्बन्धित वडा कार्यालयमा निशुल्क दर्ता गराई प्रमाण पत्र लिऔं ।
  • नगरपालिकालाई बुझाउनुपर्ने कर सेवा शुल्क समयमै बुझाऔं ।
  • आफ्नो टोल, चोक, घर, आँगन हामी आफैंले सफा सुग्घर राखि स्वच्छ र हराभरा   नगरपालिका निर्माणमा योगदान गरौं । घर अगाडिको सडक तथा फुटपाथमा निर्माण सामाग्री तथा अन्य कुनै पनि सामान नराखौं ।
  • ऐतिहासिक सम्पदा जस्तैः वनजङ्गल, धारा, पाटी पौवा, धार्मिक महत्वका    स्थलहरु, पर्यटकिय प्राकृतिक सम्पदा आदिको संरक्षण, सम्बर्द्धन गरी राष्ट्र विकासको मूल स्रोतको रुपमा सदुपयोग गरौं ।
  • नगरपालिका कार्यालयप्रति केही गुनासो भए प्रत्यक्ष वा परोक्ष रुपमा कार्यालयको    ध्यानाकर्षण गराई नगरविकासका लागि सामुहिक योगदान गरौं ।

 

कार्यान्वयन एवं सहयोगका लागि धन्यवाद ।