FAQs Complain Problems

संक्षिप्त परिचय

गणतन्त्र नेपालको बागमती प्रदेश को काठमाडौँ जिल्लाको उत्तर पूर्वमा अवस्थित यस कागेश्वरी मनोहरा नगरपालिका वडा नं. १ (साविकको गागलफेदी गा.वि.स.) मा अवस्थित ऐतिहासिक धार्मिक स्थल कागेश्वरी महादेव मन्दिर र मनोहरा खोलाको नामबाट नामाङ्कन गरिएको हो । यस नगरपालिका मिति २०७१ साल मंसिर १६ गते नेपाल सरकारको मन्त्रिपरिषदको निर्णयबाट साविकको गोठाटार, मूलपान, डाँछी, भद्रवास, आलापोट र गागलफेदी गा.वि.स.हरुलाई समायोजन गरी गठन गरिएको हो।

विविध धार्मिक,  साँस्कृतिक, प्राकृतिक श्रोतहरुको पहिचान बोकेको यस नगरपालिका  २७ ४१' २०”  देखी २७ ४६' ३३”  उत्तर अक्षांश र ८५ २१' ४५”  देखी ८५ २८' १९”  पूर्वी देशान्तर मा अवस्थित रहेको छ । समुद्री सतहबाट १२९७ मिटर देखी २२५८ मिटर उचाईमा रहेको यस नगरपालिका जम्मा २८.८० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। यस नगरपालिको पूर्वमा शंखरापुर नगरपालिका, दक्षिण पूर्वमा भक्तपुर जिल्लाको मध्यपुर थिमी नगरपालिका र चाँगुनारायण नगरपालिका, दक्षिण पश्चिममा काठमाडौँ महानगरपालिका र  उत्तर पश्चिममा  गोकर्णेश्वर नगरपालिका पर्दछ। यस नगरपालिकाको हावापानी समशितोष्ण प्रकारको छ। भौगोलिक हिसाबले समथल जमिनदेखी शिवपुरी लेकसम्मको अवस्थिति रहेको छ।

यस नगरपालिको क्षेत्रभित्र मुख्य धार्मिक तथा ऐतिहासिक स्थलहरु क्रमश: कागेश्वरी महादेव मन्दिर, नवतनधाम, चम्पक विनायक मन्दिर, काष्ठभैरव मन्दिर, सिमतिर्थ, गीता मन्दिर, तेजविनायक गणेश मन्दिर,सिद्धकाली मन्दिर, महाँकाल भैरव मन्दिर, कोल्मतेश्वर, थली बालकुमारी मन्दिर साथै अन्य देवी-देवता, गुम्बाहरु जस्ता स्थलहरु रहेका छन् । त्यसै गरी यस नगरपालिका अन्तर्गत पर्ने मुख्य नदीहरु बाग्मती र मनोहरा रहेका छन्  भने सोको अलवा साना खोलाहरु वासुकी, झरुवा, ढकाल, कागेश्वरी, महादेव लगायत नियमित पानीको वहाव रहने अन्य साना खोल्सा खोल्सीहरु समेत रहेका छन् ।

प्रशासनिक विभाजन अनुसार यस नगरपालिकामा नौ वटा वडाहरु रहेका छन् । कागेश्वरी मनोहरा नगरपालिकाले गरेको घरधुरी जनगणना सर्वेक्षण अनुसार यस नगरपालिकामा जम्मा १०२१३१ जनसङ्ख्या र २६१६६ घरधुरी रहेका छन् ।

 औशत १७०० मिलिमिटर बर्षा हुने यस नगरपालिकाको पूर्वतर्फ रहेको मनोहरा फाँट र पश्चिमतर्फ रहेको वाग्मती फाँट कृषि उपजका लागि महत्वपूर्ण मानिन्छन् । यहाँको महत्वपूर्ण कृषि उत्पादनमा धान, गहुँ, मऔसमी तथा वेमौसमी  तरकारी र गोलभेडा खेती रहेका छन्। यस क्षेत्र भै बग्ने नदी तथा खोलाहरुको पानीबाट सिंचाई सुबिधा उपलब्ध गराउन सके कृषि क्षेत्रको व्यवसायीकरण हुन गै जनताको जीबनस्तरमा थप सुधार हुने सम्भावना संगसंगै रहेको छ ।पूर्वतर्फ रहेको मनोहरा फाँट र पश्चिमतर्फ रहेको वाग्मती फाँट कृषि उपजका लागि महत्वपूर्ण मानिन्छन् । यहाँको महत्वपूर्ण कृषि उत्पादनमा धान, गहुँ, मऔसमी तथा वेमौसमी  तरकारी र गोलभेडा खेती रहेका छन्। यस क्षेत्र भै बग्ने नदी तथा खोलाहरुको पानीबाट सिंचाई सुबिधा उपलब्ध गराउन सके कृषि क्षेत्रको व्यवसायीकरण हुन गै जनताको जीबनस्तरमा थप सुधार हुने सम्भावना संगसंगै रहेको छ ।

 

भौगोलिक अवस्थिति:

प्रदेशः  बागमती प्रदेश

पुर्व: शंखरापुर नगरपालिका, पश्चिम : काठमाडौं महानगरपालिका र गोकर्णेश्वर नगरपालिका , उत्तर: सिन्धुपाल्चोक जिल्लादक्षिण: मध्यपुरथिमी नगरपालिका

जनसंख्या: पुरुष: ६६१३८, महिला: ६७१८९ , तेस्रो लिङ्गि : ५ (कागेश्वरी मनोहरा नगरपालिका, घरधुरी जनगणना सर्वेक्षण, २०७८)

जम्मा घरधुरी: २१०२८  (कागेश्वरी मनोहरा नगरपालिका, घरधुरी जनगणना सर्वेक्षण, २०७५)

छेत्रफल: २८.८० वर्ग कि.मि.

साक्षरता दर:.८८.४% (५ वर्ष माथि उमेर समूहको जनसंख्या मध्ये)

जम्मा वडा संख्या

परिवार संख्याः ३२७९४

औसत जनघनत्व : ४६.२९ व्यक्ति प्रति हेक्टर 

 सामुदायिक विद्यालय: १६      संस्थागत विद्यालय: ४७      गुम्वा विद्यालय : १              महिला गृहिणी विद्यालय : 

स्वास्थ्य चौकी : ५          प्राथमिक स्वास्थ्य केन्द्र : १    बर्थिङ्ग सेन्टर : २  आयुर्वेदिक चिकित्सालय : १   खोप  क्लिनिक : २०    गाँउघर क्लिनिक : १३

पशु सेवा केन्द्र : २