गणतन्त्र नेपालको बागमती प्रदेश को काठमाडौँ जिल्लाको उत्तर पूर्वमा अवस्थित यस कागेश्वरी मनोहरा नगरपालिका वडा नं. १ (साविकको गागलफेदी गा.वि.स.) मा अवस्थित ऐतिहासिक धार्मिक स्थल कागेश्वरी महादेव मन्दिर र मनोहरा खोलाको नामबाट नामाङ्कन गरिएको हो । यस नगरपालिका मिति २०७१ साल मंसिर १६ गते नेपाल सरकारको मन्त्रिपरिषदको निर्णयबाट साविकको गोठाटार, मूलपान, डाँछी, भद्रवास, आलापोट र गागलफेदी गा.वि.स.हरुलाई समायोजन गरी गठन गरिएको हो।
विविध धार्मिक, साँस्कृतिक, प्राकृतिक श्रोतहरुको पहिचान बोकेको यस नगरपालिका २७ ४१' २०” देखी २७ ४६' ३३” उत्तर अक्षांश र ८५ २१' ४५” देखी ८५ २८' १९” पूर्वी देशान्तर मा अवस्थित रहेको छ । समुद्री सतहबाट १२९७ मिटर देखी २२५८ मिटर उचाईमा रहेको यस नगरपालिका जम्मा २८.८० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। यस नगरपालिको पूर्वमा शंखरापुर नगरपालिका, दक्षिण पूर्वमा भक्तपुर जिल्लाको मध्यपुर थिमी नगरपालिका र चाँगुनारायण नगरपालिका, दक्षिण पश्चिममा काठमाडौँ महानगरपालिका र उत्तर पश्चिममा गोकर्णेश्वर नगरपालिका पर्दछ। यस नगरपालिकाको हावापानी समशितोष्ण प्रकारको छ। भौगोलिक हिसाबले समथल जमिनदेखी शिवपुरी लेकसम्मको अवस्थिति रहेको छ।
मिति २०७९/०६/११ गते विश्व पर्यटन दिवसको अवसरमा लायन्स क्लब अफ काठमाडौँ कागेश्वरी मनोहरा District 325 G को समन्वयमा नेपाल पर्यटन बोर्ड र कागेश्वरी मनोहरा नगरपालिकाद्वारा आयोजित वृक्षारोपण कार्यक्रम..
अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा SEE (२०७८) सम्मान कार्यक्रम
मिति २०७९/०५/२० गते कागेश्वरी मनोहरा नगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरुले पदबहाली गरेको १०० दिन पुरा भएकोले सो समयभित्र गरेको कार्यहरुको जानकारी पत्रकार सम्मेलन मार्फत गर्ने कार्यक्रम सम्पन्न ।
स्थानीय भू-उपयोग परिषद्को मिति २०७९/०३/२७ गतेको बैठकको निर्णय
हैजाबाट बच्ने उपाय तथा रोकथाम सम्बन्धि अत्यन्त जरुरी सूचना
आई.ओ.एस(IOS) मोबाइल प्रयोगकर्ताले हाम्रो मोबाईल एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।
एण्डरोईड(Android) मोबाइल प्रयोगकर्ताले हाम्रो मोबाईल एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।कृपया मोबाइल एप डाउनलोड गरेपछी स्थानीय तह कागेश्वरी मनोहरा नगरपालिका छान्नुहोला।
Rapid Response सम्बन्धी
मिति २०७९/०२/२३ गते सम्म यस नगरपालिकाले गठन गरेको Rapid Response Team को कार्य हेर्नको लागि यहाँ क्लिक गर्नुहोला।