कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं. २ साविकको वडा नं. ३ र १५ (साविकको आलापोट गाविस ) मिलेर बनेको छ। यस नगरपालिकाले गरेको घरधुरी जनगणना सर्वेक्षण अनुसार यस वडामा जम्मा ७५२ घरधुरी छन् भने यस वडामा जम्मा ३४६८ जनसंख्या रहेको छ ।जस्मा महिला जनसंख्या १७०३ र पुरुष जनसंख्या १७६५ रहेको छ ।यस वडाको जम्मा क्षेत्रफल १.५५३ वर्ग कि.मी रहेको छ । बिभिन्न जात्राहरुको लागि यस वडा प्रख्यात रहेको छ।
कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं. १ साविकको वडा नं. १,२,र १४(साविकको गागलफेदी गाविस ) मिलेर बनेको छ।यस नगरपालिकाले वि.स. २०७५ मा गरेको घरधुरी सर्वेक्षण यस वडामा जम्मा १५१५ घरधुरी छन् भने जम्मा ६७७८ जनसंख्या रहेको छ ।जस्मा महिला जनसंख्या ३३०२ र पुरुष जनसंख्या ३४७६ रहेको छ ।यस वडाको जम्मा क्षेत्रफल ९.८१७७ वर्ग कि.मी रहेको छ । यस नगरपालिकाको नामाकरण यसै वडामा अवस्थित कागेश्वरी महादेव मन्दिरबाट भएको हो।
यस वडाका जनप्रतिनिधिमा मुकुन्द प्रसाद गजुरेल २०७४ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको थियो ।
कागेश्वरी मनोहरा नगरपालिका मा Harrisonville City, संयुक्त राज्य अमेरिकाका मेयर Mike Zaring तथा Summit Technology Academy का निर्देशकको गरिमामय उपस्थितिमा “Friendship Exchange & Educational Collaboration” सम्बन्धी कार्यक्रम
वायु प्रदुषण सम्बन्धी वातावरण विभाग तथा कागेश्वरी मनोहरा नगरपालिकाको अपिल
कागेश्वरी मनोहरा नगरपालिकाले युवाहरुलाई रोजगारीमुखी बनाउने आफ्नै नगरपालिकाभित्र अवसर सिर्जना गर्ने तथा डिजिटल साक्षरता र कार्यस्थल तत्परता अभिवृद्धि गर्ने उद्देश्यका साथ जेनेस सोलुसन प्रा.लि.को सहकार्यमा निःशुल्क १० दिने आईटी (IT) तालिम कार्यशाला प्रारम्भ
कागेश्वरी मनोहरा नगरपालिका पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा कार्यक्रम
कागेश्वरी मनोहरा नगरपालिकाको प्रशासनीक भवनको औपचारिक उद्घाटन कार्यक्रम
आई.ओ.एस(IOS) मोबाइल प्रयोगकर्ताले हाम्रो मोबाईल एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।
एण्डरोईड(Android) मोबाइल प्रयोगकर्ताले हाम्रो मोबाईल एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।कृपया मोबाइल एप डाउनलोड गरेपछी स्थानीय तह कागेश्वरी मनोहरा नगरपालिका छान्नुहोला।