FAQs Complain Problems

व्यक्तिगत घटना दर्ता सप्ताह सम्बन्धमा

जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाईंसराई जस्ता व्यक्तिगत घटनाहरु घटना घटेको ३५ दिन भित्र आफ्नो स्थायी ठेगाना वा घटना घटेको स्थानको वडा कार्यालयमा गई अनिवार्य रुपमा दर्ता गरौं, गराऔं।
व्यक्तिगत घटना दर्ता किन गर्ने?
• बालबालिकालाई विद्यालय भर्ना गर्न
• सामाजिक सुरक्षा भत्ता प्राप्‍त गर्न
• नागरिकता, राष्ट्रिय परिचयपत्र, राहादानी र नाबालक परिचयपत्रको बनाउन
• बैंकमा खाता खोल्न र
• राज्यबाट प्राप्‍त हुने अन्य सेवा लिन तथा आफ्नो हक अधिकार सुनिश्‍चित गर्नको लागि
व्यक्तिगत घटना दर्ता गर्नु गराउनु सबै नागरिकको कर्तव्य हो। व्यक्तिगत घटना घटेको पैंतीस दिन भित्र व्यक्तिगत घटना दर्ता गरी जिम्मेवार नागरिकको परिचय दिऔं।