FAQs Complain Problems

विशेष नगरपरिषद (२०७२)

कागेश्वरी मनहरा नगरपालिकाको मिति २०७२।०३।१५ मा सम्पन्न भएको प्रथम नगरपरिषद् मा पारित भएका नीतिगत निर्णयहरु तथा आय व्यय संशोधन सहित मिति २०७२।०५।२५ को विशेष नगरपरिषद् मा पेश गरियो

 

  • नेपाल सरकार मन्त्रीपरिषद्को मिति २०७२।०४।२९ को निर्णय अनुसार æवस्ती विकासशहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत मार्गदर्शन २०७२Æ पारित गरी आश्विन १ गते देखि लागु गर्ने निर्णय गरियो उक्त निर्णय कार्यान्वयन गर्दा अंशवण्डा‚ जग्गा अधिग्रहण‚ बाटो विस्तारबाट बाँकी रहेको जग्गामा स्वीकृत मापदण्ड बमोजिम घर नक्सा पास हुन नसक्ने अवस्था देखिएमा न्यूनतम मापदण्ड तोकि स्वीकृति दिने निर्णय गरियो ।
  • भूकम्प पीडितले घरनक्सा पास गर्दा आवासीय प्रयोजनका लागि १००० व.फि. भित्र घर निर्माण स्वीकृत दिदा ५० प्रतिशत छुट दिने -क वर्गको परिचयkत्र वालालाई मात्र_ र १००० व.फि. नाघे पछि छुट नदिई पुरै दस्तुर लिने निर्णय गरियो ।
  • नक्सा निवेदन तथा प्राविधिक शुल्क क्रमश रु.१०००।०० र १५००।०० कायम गरिएकोमा उक्त शुल्कलाई समायोजन गरी निवेदन शुल्क तथा सेवा शुल्कमा जोडी लिने निर्णय गरियो ।
  • आधारभूत मार्गदर्शन २०७२ स्वीकृत हुनुभन्दा २०७२।०५।२५ भन्दा अगाडी निर्माण भएका घरहरुको नक्शा पास गर्ने सन्दर्भमा यस कागेश्वरी मनहरा नगरपालिका भित्र निर्माण भएका घरहरुको हकमा २०६४ को मापदण्डको पुष्टी हुने आधारहरुमा -विजुलीको मीटर जडानको कागज‚ सर्जमिन मुचुल्का‚ लालपुर्जाको मिति‚ अंशवण्डाको लिखत‚ हाल कायम भएका कित्ताकाट भई आएका जग्गाहरुमा_ नक्शा पास गर्ने । २०६४ को स्वीकृत मापदण्ड अनुसार नक्शा पास गरी स्वीकृत नक्शा भन्दा बढी निर्माण भएका घरहरुको हकमा मापदण्डको परिधिभित्र थप निर्माण भएको भए दस्तुर जरिवाना लिई नियमित गर्ने र सो बाहेक अन्य भवन निर्माणका सम्वन्धमा नियमित प्रक्रियाको कार्य नगर्ने निर्णय गरियो ।
  • वडाकार्यालयबाट घरबाटो‚ चारकिल्ला लगायत अन्य सिफारिस दिंदा मालपोत छुट हुनु भन्दा अगाडिको आ.व. २०७१ मसान्त सम्मको वक्यौता तथा अन्य दस्तुर चुक्ता पश्चातमात्र सिफारिस दिने प्रक्रिया लागू गर्ने निर्णय गरियो ।
  • मनोहरा र बागमती कोरिडोरलाई प्राथमिकता दिई सडक निर्माणमा एकिकृत वागमती सभ्यता विकास समिति‚ सडक विभाग‚ काठमाण्डौं उपत्यका प्रधिकरणसंग समन्वय गरी कार्य अगाडी बढाउने निर्णय गरियो ।
  • एयरपोर्ट महानटार बाबाचोक सडक‚ तिवारीटोल मिलनचोक सडक‚ बीरेन्द्रचोक मूलपानी सडक‚ क्रिकेट मैदान बोडे सडक‚ ब्रह्मखेल एक्सचेन्ज जसपुर हुँदै आलापोट कृष्णमन्दिर जाने सडकहरुलाई कम्तिमा ११ मिटरको चौडा बनाउने कार्यलाई सडक विस्तार आयोजनासंग समन्वय गरी यसै आर्थिक वर्षबाट स्थानीय जनताको सहयोगसमेतमा रेखांकन सहित विस्तार गर्ने कार्यलाई अघि बढाउने साथै न.पा.को गागफेदीदेखि गोठाटारसम्म यातायात संचालनमा सम्बन्धित निकायमा पहल गर्ने निर्णय गरियो ।
  • वैकल्पिक उर्जा कार्यक्रमको लागि माग भई आए बमोजिम सरोकारवाला निकायसंग समन्वय गरी सोलार वत्ती राख्ने कार्य अघि बढाउने निर्णय गरियो ।
  • नगरपालिकाको गुरुयोजना निर्माण गर्ने तथा आवधिक योजना विकासको कार्यलाई अघि बढाउने  तथा  श्रोत नक्सा निर्माण गर्ने कार्यसमेत अघि बढाउने निर्णय गरियो ।
  • विज्ञापन कर‚ वातावरण कर र फोहरमैला व्यवस्थापन सम्बन्धी कार्यको ठेक्का लगाउने कार्य तत्काल सुरु गर्ने साथै फोहरमैला व्यवस्थापनको लागि डम्पिङ्ग सईडको खोजि गर्ने निर्णय गरियो ।
  • मेट्रो प्रणालीको घर नम्बर लागू गर्न आवश्यक कार्य अघि बढाउने निर्णय गरियो । 
  • वडागत वितरित हुने वजेट रकमलाई  भूगोल‚ जनसंख्या र स्थानीय आवश्यकतालाई समेत आधार मानी सडक‚ खानेपानी‚ लक्षितवर्गका शिर्षकका कार्यक्रम संचालन गर्दा स्थानीय निकाय स्रोत परिचालन निर्देशिका‚ २०६९ बमोजिम योजना र कार्यक्रम अगाडी बढाउने निर्णय गरियो ।
  • नेपाल सरकार‚ जिल्ला विकास समिति काठमाण्डौं र नगरपालिकासमेतको एकै स्थानमा परेका कार्यक्रमलाई कार्य गर्दा चेनेज छुट्याई छुट्टाछुट्टै काम तोकी काममा दोहोरोपना नपर्ने गरी कार्य अघि बढाउने निर्णय गरियो ।
  • चालु बजेटमा सडक मर्मतमा विनियोजित २० लाख रकममा थप ३० लाख वजेट विनियोजन गरी विनियोजित रकमबाट आवधिक रुपमा सञ्चालनमा आएका सडकमा नगरपालिकाका कार्यकारी अधिकृतबाट भूगोल‚ जनसंख्या र स्थानीय आवश्यकतालाई आधार मानी मर्मत संभार लगायत अन्य विकास निर्माणका क्षेत्रमा खर्च गर्ने निर्णय गरियो ।
  • वागमती सभ्यता एकिकृत विकास समितिले सुन्दरिजलदेखी गोकर्णसम्मको भागमा साविक नापी २०२१ बमोजिम नक्शा अनुसार नदिको पुरानो धारमा फर्काई पुर्वाधार निर्माणको काम गर्दा वागमती नदिको दायाँ/वायाँ अस्थाई बाटो निर्माण गर्दा व्यक्तिको जग्गा प्रयोग भए वापत क्षतिपूर्ति दिएको र २०७० सालको बालीको क्षतिपूर्ति पश्चात क्षतिपूर्ति  नदिएको हुँदा क्षतिपूर्तिको व्यवस्था गरी सो नदिको दायाँ/वायाँ २०/२० मीटर जग्गा अधिग्रहण गरी ग्रिनवेल्ट र वागमती कोरिडोर बनाउनको लागि कार्यक्रममा समावेश गरी काम सम्पन्न गरिदिनको लागि नेपाल सरकार एवं वागमती सभ्यता एकिकृत विकास समितिलाई अनुरोध गर्ने तथा नदिको बहावलाई २० मीटर कायम गर्न वागमती सभ्यताले अधिग्रहण गरेको ४३ रोपनी जग्गासमेतलाई आधार मानी अन्य क्षेत्रमासमेत जग्गा अधिग्रहण गरी सडक निर्माण गर्ने कार्य गरी लागू गर्न सम्बन्धित निकायसंग माग गर्ने निर्णय गरीयो ।
  • कागेश्वरी मनहरा नगरपालिका वडा नं. १३ गोठाटार देखि मूलपानी‚ डाँछी‚ भद्रबास‚ आलापोट हुँदै गागलफेदी वडा नं. १ सम्म सहज पहुँच हुने ढंगले मुख्य नगरस्तरीय सडक निर्माण कार्यलाई प्राथमिकताकासाथ कम्तीमा ११ मीटर कायम गर्ने गरी कार्य अघि बढाउने ।
  • सडक विभागले यस नगरपालिका भित्र बस्ती स्तरिय साना तथा ठुला सडकका योजनाहरु संचालन गर्ने योजनाहरुको विवरण तथा कार्यतालिका माग गरी नगरपालिकाको समन्वयमा काम अगाडी बढाउने निर्णय गरियो ।
  • स्थानीय स्वायत्त शासन ऐन‚२०५५ र सो को नियमावली‚२०५६ ले व्यवस्था गरे बमोजिम यस नगरपालिकाको कामलाई अगाडी बढाउन निम्न समितिहरु गठन गर्ने निर्णय गरियो ।

 

क. फोहोरमैला तथा स्रोत परिचालन समितिः-

ख. पर्यटन पुर्वाधारको समितिः-

 

  • नगरपालिकाको नयाँ भवन निर्माण गर्नको लागि यस न.पा. को वडा नं. ७ को शहिद वनबाटिकामा भवन निर्माण गर्ने निर्णय गरियो ।
  • नेपाल सरकार संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको मिति २०७२।०४ ।२९ को च.नं. १४ को पत्र बमोजिम नेपाल सरकारको २०७२।०२।२२ को निर्णयले भूकम्प पीडित परिचय पत्रको आधारमा आ.व. २०७१/७२ र २०७२/७३ को मालपोत मिनाह गर्ने निर्णय भएकोले यस नगरपालिका पूर्ण रुपमा भूकम्पप्रभावित क्षेत्र भएको हुँदा मालपोतबाट हुने आम्दानीलाई शुन्य कायम गरी आ.व. ०७२/७३ को कुल आयमा संसोधन गरी आम्दानी शिर्षकलाई पारित गर्ने निर्णय गरियो ।
  • घरजग्गा कर निर्धारण गर्दा आवासीय प्रयोजनमा आएका घर जग्गामा ८ आना सम्मको जग्गालाई आवासीय मानी जग्गाको क्षेत्रफल गणना गरी कर निर्धारण गर्ने र सो भन्दा बढीलाई गणना नगर्ने तर व्यवसायी प्रयोजनमा रहेका घर जग्गाको हकमा जे जति घर जग्गाछ सोहि बमोजिम मुल्याङ्कन गर्ने निर्णय गरियो ।
  • व्यापारीक तथा व्यावसायीक फर्महरुलाई विभिन्न निकायमा सिफारिस गर्दा सिफारिस दस्तुर रु.१००० लिने निर्णय गरियो ।
  • यस नगरपालिकाको पहिलो नगर परिषद्ले ऐनमा व्यवस्था भए बमोजिम गठन गरिएका विषयगत समितिले आवश्यकता अनुसार कार्यविधि तयार गरी निर्माण भएका कार्ययोजना तथा जिम्मेवारी बमोजिम काम गर्ने निर्णय गरियो ।
  • घर नक्शा स्वीकृत म्याद समाप्त भई नविकरण गर्दा नक्सा स्वीकृत भएको २ वर्ष सम्ममा प्रति वर्ग फुट रु.२ दस्तुर लिने निर्णय गरियो ।
  • ट्रस्ट टहरा निर्माण गर्दा प्रति वर्गफुट रु.५००० तोकिएकोमा सो लाई संशोधन गरी प्रति गोटा रु.५००० कायम गर्ने निर्णय गरियो ।
  • पुरानो घर नक्शा पास ०७२ असार मसान्तसम्म नियमित दस्तुरको लागि पक्की इट्टा‚ सिमेन्ट जोडाईमा प्रति वर्गफुट रु.१० लाई संशोधन गरी रु.५ कायम गरिएको र पिल्लर सिस्टमलाई प्रति वर्गफिट रु.१२ लाई संशोधन गरी रु.७ कायम  गर्ने निर्णय गरियो ।
  • चार किल्ला सिफारिसमा दस्तुर लिने प्रयोजनको लागि सातघट्टे चिसापानी सडक‚ सातघट्टे अधिकारी गाउँ सडक‚ सातघट्टे पिपलबोट सडक‚ काव्रे पुँवार गाउँ सडक लाई हटाई प्रथम नगरपरिषद्को पुस्तिकामा अत्यमा उल्लेख भए अनुसारको दस्तुर लिने निर्णय गरीयो ।
  • उपभोक्ता समितिले योजना संचालन गर्दा लगत इस्टिमेट तयार गर्दा नगरपालिकाले दिने रकममा १५ प्रतिशत रकम वा जनसहभागिता थप गरी ल.ई. तयार गर्ने र मूल्यांकन गर्ने निर्णय गरियो ।
  • अनुसुची १० मा उल्लेख भएको आ.व. २०७२/७३ को प्रस्तावित चालु वजेटमा वजेट शीर्षक नं. १६ मा समावेश भएको प्रस्तावित वजेट मध्ये पदपूर्ति समितिलाई आवश्यक पर्ने रु. २० लाख वजेट विनियोजन गर्ने निर्णय गरियो ।
  • यस विशेष परिषद् मा पेश हुन आएका विविध नीतिगत प्रस्ताव र खर्च वजेटमा प्रक्षेपित लक्षित वर्ग कार्यक्रम र सामाजिक क्षेत्र‚ पूर्वाधार विकासका लागि विनियोजित वजेटमध्ये यस न.पा.को आन्तरिक स्रोतको आय र बाह्य स्रोतलाई समायोजन गरी ५० प्रतिशतसम्म हाल विनियोजन गरिएको र ५० प्रतिशत वजेट माघ मसान्तपछि सर्वदलीय संयन्त्रको बैठकबाट निर्णय गरी कार्यान्वयन गर्ने निर्णय गरियो ।
  • राजश्व दररेट थपघट‚ संशोधन आदि गर्नु परेमा राजश्व परामर्श समितिको सिफारिस लिई न.पा. बोर्डले गर्ने निर्णय गरियो ।
  • कुनै योजना कार्यक्रम संशोधनԨ‚ परिमार्जन गर्नु परेमा साथै उपभोक्ता समितिद्धारा संचालन गर्नु पर्ने योजनाहरु उपभोक्ता समितिले संचालन नगरेमा वा हुन नसकेमा उक्त कार्यक्रम तथा योजना न.पा. बोर्डले वैकल्पिक उपाय अपनाई कार्यान्वयन गर्ने निर्णय गरियो ।
  • जिन्सी निरीक्षण‚ मिनाहा‚ लगत कट्टा‚ टुट्फुट्‚ लिलाम‚ मर्मत संभार गर्नु परेमा नगरपालिका बोर्डलाई अधिकार दिने निर्णय गरियो ।
  • नेपाल सरकारबाट प्राप्त सशर्त र निशर्त आ.व. ०७२/७३ मा प्राप्त रकमलाई न.पा. बोर्डले कार्यक्रम बनाई कार्यान्वयन गर्ने निर्णय गरियो ।
  • नगरपालिकाको तर्फबाट अन्य कुनै सरकारी गैरसरकारी एवं साझेदारी निकायसंग सम्झौता गरी कार्यक्रमहरु कार्यान्वयन गर्नु पर्ने भएमा उक्त सम्झौता गर्न नगरपालिकाका कार्यकारी अधिकृतलाई अधिकार प्रत्यायोजन गर्ने साथै सरकारी गैरसरकारी कुनै योजना कार्यक्रम प्राप्त हुने भएमा त्यस्ता योजना तथा कार्यक्रम गर्न लगतपत्र कार्यक्रम स्वीकृत भई आएमा नगरपालिका बोर्डले कार्यान्वयन गर्ने निर्णय गरियो ।
  • कल्याणकारी कोषका सम्बन्धमा नगरपालिकामा कार्यरत स्थायी कर्मचारीहरुले खाईपाई आएको तलवलाई आधार मानी आ.व.को अन्त्यमा १ महिनाको तलब बराबरको रकम कल्याणकारी कोष खातामा राख्ने र साविकका गा.वि.स.मा रहेका कल्याणकारी कोषमा रहेको रकम नगरपालिकाको कल्याणकारी कोषमा सार्ने निर्णय गरियो ।
  • सोलार बत्तीको लागि रु. २४ लाख रकम विनियोजन गर्ने निर्णय गरियो ।
  • नगरपालिकाको आफ्नो श्रोतबाट विनियोजन गरी सम्पन्न गरेका योजनामा कन्टीजेन्सी ३% र अन्य श्रोतबाट प्राप्त योजनामा ५% कामय गर्ने निर्णय गरियो साथै उक्त कन्टीजेन्सीबाट प्रप्त रकम र नगरपालिकाबाट विनियोजित योजनामा खर्च नभएका योजनाको रकम रकमान्तर गरी उक्त रकम समेतबाट लागत सहभागितामा संचालन हुने योजनाका लागि खर्च गर्ने निर्णय गरियो ।
  • नेपाल सरकारले गठन गरेकोपुनःनिर्माण प्राधिकरण मार्फत गत २०७२ साल बैशाख १२ गते गएको भूकम्प तथा त्यपछिका पराकम्पले यस नगरपालिका भित्र पु-याएको भौतिक पूर्वाधारको षतिबाट सडक‚ वस्ती तथा खानेपानी वितरण प्रणालीमा गम्भिर रुपमा असर पु-याएको हुँदा क्षति पुगेका संरचनाको पुनःनिर्माणका लागि सिफारिस सिफारिस गर्ने निर्णय गरियो ।

१. कागेश्वरी चक्रपथको मण्डनटारको पहिरो पहिरो नियन्त्रण वडा नं. ४

२. वस्तेको ढिक-कपुरदासे सडकमा शिवहरि पुडासैनीको घर अगाडीको पहिरो नियन्त्रण वडा नं. ७

३. पोखरेल गाउँ र फिरफिरे डाँडोको पहिरो नियन्त्रण वडा नं. ६

४. नवतमधाम जाने बाटोको पहिरो नियन्त्रण वडा नं. ११

५. दुरसंचार-जसपुर कृष्णचौर सडक अन्तर्गत जसपुरको पहिरो नियन्त्रण वाडा नं. ५

६. भद्रवास-डाँछी खानेपानी योजना अन्तर्गत चलनटारको पानी ट्याँङ्की नजिकको पहिरो नियन्त्रण वडा नं. ५

७. भैमाल खानेपानी योजनाको भत्किएको पानी ट्याङ्की निर्माण वडा नं. ११

८. स्वास्थ्यचौकी पछाडिको पहिरो नियन्त्रण वडा नं. ९

९. ढकाल गाउँको पहिरो नियन्त्रण वाडा नं. २

१०. मगरटोलको पहिरो नियन्त्रण वडा नं. २

११. काभ्रे जाने सडकको पहिरो नियन्त्रण वडा नं. ३

  • कागेश्वरी मनहरा नगरपालिकामा आन्तरिक लेखा परीक्षण शाखा गठन गर्ने निर्णय गरीयो ।

 

  • मिति २०७२ साल भाद्र २५ गते सम्पन्न नगरपालिकाको विशेष परिषद्बाट छनौट भएका योजनाहरुः-
  • लक्षित वर्ग कार्यक्रम तर्फः-
         

 

 

 

स्वास्थ्य क्षेत्र तर्फः-

     

यस नगरपालिका भित्र रहेका स्वास्थ्य केन्द्रहरुबाट कार्यक्रम तोकी रकम माग भई आएपछि देहाय अनुसार रकम उपलव्ध गराउने निर्णय गरियो ।

 

सि.नं

योजनाको नाम

वडा नं

विनियोजित रकम

कैफियत

गोठाटार स्वास्थ्यचौकी

११‚१२ र १३

४०००००

 

मूलपानी स्वास्थ्यचौकी

८‚९ र १०

२०००००

 

डाँछी स्वास्थ्यचौकी

५‚ ६ र ७

२०००००

 

भद्रवास स्वास्थ्य चौकी

२०००००

 

आलापोट स्वास्थ्य चौकी

३०००००

 

गागलफेदी स्वास्थ्य चौकी

१ र २

२०००००

 

महिला स्वयं सेविका अभिमूखिकरण कार्यक्रम‚स्वास्थ्य शिविर‚ ओ.डि.एफ. कार्यक्रम र अन्य कार्यक्रमको लागि (पछि विनियोजन गर्ने गरी)

 

९११६०४

 

 

जम्मा

 

२४११६०४

 

शिक्षा क्षेत्र तर्फः-

 

 

 

 

 

 

 

 

कान्ति भैरव मा.वि. १०+२ कार्यक्रम संचालन गर्न

६०००००

 

अन्य कार्यक्रम (पछि विनियोजन गर्ने गरी)

 

६६३४८१२

 

 

जम्मा

 

७२३४८१२

 

खानेपानी तथा सरसफाई तर्फः-

 

 

 

सि.नं

योजनाको नाम

वडा नं

विनियोजित रकम

कैफियत

सार्वजनिक रुपमा प्रयोगमा रहेका परम्पारगत वस्ती स्तरीय ढुंगे धारा‚ कुवा‚ पँधेरो‚ईनार मर्मत

 

५०००००

 

गोठाटार भैमाल खानेपानी विस्तार कार्यक्रम

 

६०००००

 

डाँछी भद्रवास खानेपानी विस्तार कार्यक्रम

 

६०००००

 

गागलफेदी खानेपानी योजना विस्तार कार्यक्रम

 

५०००००

 

सानटारी ढकाल गाउँ खानेपानी योजना

 

२०००००

 

आलापोट संयुक्त खानेपानी कार्यक्रम

 

४०००००

 

मूलपानी खानेपानी अधिकारी गाउँ

 

२०००००

 

अन्य कार्यक्रम  साथै कागेश्वरी मनहरा न.पा. एकिकृत खानेपानी योजना अध्ययनसमेत (पछि विनियोजन गर्ने गरी)

 

४२३४८१२

 

जम्मा

 

७२३४८१२

 

तथा विपद् व्यवस्थापन तर्फः-

 

१५०००००

 

कृषिवन (पछि विनियोजन गर्ने गरी)

 

२११७४०६

 
 

जम्मा

 

३६१७४०६

 
 

फोहरमैला व्यवस्थापनउर्जा तथा वातावरण तर्फः-  नगरपालिकामा प्राप्त हुन आएको कार्यक्रम बमोजिम

 

३६१७४०६

 

सडक तथा ढल निकास तर्फः-

 

 

 

सि.नं

वडा नं.

 

विनियोजित रकम

कैफियत

 गोठाटार वडा नं. १११२ र १३

खहरे देखि दलित वस्ती हुँदै बिनोद मुल्मीको घर अगाडीको सडक ग्रावेल

 

२०००००

 

कालुको पसलबाट बिरभद्र क्लव चिप्लेगौडा ह्वाइट हाउस सडक ग्रावेल

 

२०००००

 

किरातचोक पुरानो खानेपानी कार्यालय जाने सडकमा ढल राख्ने

 

४०००००

 

साहुको धारादेखि आशापुरेश्वर मन्दिर जाने सडक ग्राभेल

 

२०००००

 

हजुरको धारा खड्कागाउँ रायमाझीटोल सडक विस्तार तथा ढल राख्ने

 

२०००००

 

गोविन्द दाहालको घरदेखि प्रताप राणाको घरसम्म सडक ग्रावेल

 

२०००००

 

खड्कागुठी देखि वडा नं. १२ र १३ को सिमाना विरेन्द्रचोक ढल राख्ने

 

४०००००

 

विरेन्द्रचोक आशापुरी बस्ती पुलिसचौकी सम्म ढल व्यवस्थापन

 

२०००००

 

कृष्णप्रणामी मन्दिर विरेन्द्रचोक सडक ग्रावेल

 

२०००००

 

१०

वडा नं. १३ कार्यालय खहरे सडकमा ढल राख्ने

 

३०००००

 

 

जम्मा

 

२५०००००

 

मूलपानी वडा नं.  ९ र १०

मुलपानी पिपलबोट ट्रान्सफरमर वडा नं. ८

 

३०००००

 

थापागाउँ माझगाउँ सडक  वडा नं. ८

 

१५००००

 

तिवरीटोल भित्री सडक वडा नं. ९

 

१०००००

 

वाचनालय बाबाचोक सडक वडा नं. ९

 

१५००००

 

बसन्तको घरबाट डुमादेवी जाने सडक  वडा नं. १०

 

१५००००

 

नवराज पन्तको घरबाट निलबाराही हाउजिङ्ग वडा नं. १०

 

१०००००

 

मुलपानी खहरे डुमाखाल जाने बाटो पश्चिम वडा नं. १०

 

१५००००

 

पेप्सी सडक सोमतिर्थ बस्नेत गाउँ सडक  वडा नं. ८

 

१५००००

 

उद्धव कार्की वासु वोहरा  गोदारगाउँ जाने सडक वडा नं. ८

 

१५००००

 

१०

नवदुर्गा मन्दिर अधिकारी गाउँ जाने सडक वडा नं. ९

 

१५००००

 

११

तखा बोडेपुल वडा नं. ८

 

१५००००

 

१२

महाकाल भैरव ड्रेन वडा नं. ८

 

१०००००

 

१३

टण्डनटोल बाटो निर्माण वडा नं. १०

 

१०००००

 

१४

गोठाटार पेप्सी फिकलडाँडा सडक वडा नं. ८

 

१०००००

 

 

जम्मा

 

२००००००

 

डाँछी वडा नं. ६ र ७

रिजालटार उकालो पानी ट्याङ्की  बाटो ढलान वडा नं. ५

 

१५००००

 

गणेशस्थान बाग्मती सडक वडा नं. ६

 

२५००००

 

सिंखडागाउँ अर्जुनको घर अगाडिको पहिरो नियन्त्रण वडा नं. ६

 

५०००००

 

वडा नं. ७ नेवार टोल भिममाडी गजरकोट सडक वडा नं. ७

 

२५००००

 

दस्तेको ढिक देखि कपुरदासे सडक वडा नं. ७

 

२५००००

 

डाँछी गा.वि.स.कार्यालय भवन भैरवथान सडक वडा नं. ८

 

१०००००

 

 

जम्मा

 

१५०००००

 

भद्रबास वडा नं. ४

दुधडेरी देखी थापाडाँडा हुँदै झांगाडोल जाने सडक कालोपत्रे

 

७०००००

 

सरस्वती मन्दिर भट्टमासे तिर्थेचोक सडक रिटेनिङ्ग वाल निर्माण

 

२०००००

 

राजु कुँइकेलको घर पुष्कर पौडैलको घर जाने सडक

 

१५००००

 

रामकृष्ण नेपालको घरबाट सान्टारी जाने सडक

 

१५००००

 

भण्डारीटोल जाने बाटो ढलान

 

१०००००

 

 

जम्मा

 

१२५००००

 

आलापोट वडा नं. ३

नाथेश्वरी मन्दिर सडक ढुंगा छाप्ने

 

२५००००

 

चौतारीटारबाट थापागाउँ सडक

 

२०००००

 

काभ्रे कटुवा सडक

 

२०००००

 

भिमसेनपाटी मरुवा खहरे सडक

 

२०००००

 

सुर्यमण्डली तामाङगाउँ भित्रि सडक

 

२०००००

 

नाथेवरी बाग्मती सडक ढलान

 

१०००००

 

फुयालगाउँ धारा पाखो सडक

 

१०००००

 

 

जम्मा

 

१२५००००

 

 गागलफेदी वडा नं. १ र २

ढकालगाउँ सडक

 

२०००००

 

ठुलाढीक साखीनटार पशुसेवा सडक

 

१५००००

 

सातघट्टे पिपलडाँडा सडक

 

२०००००

 

आलापोट थापाचौर सुवेदी गाउँ घट्टेखोला सडक

 

१०००००

 

काभ्रे पुँवार गाउँ सडक

 

१५००००

 

पाल्पाली डाँडा गैरी सेरा सडक

 

१५००००

 

सिद्धी गणेश कल्भर्ट निर्माण

 

२५००००

 

नवेकार्कीको घर अगाडिको खोलामा ढल हाल्ने

 

१०००००

 

धुले पुल दुधेगाउँ सडक

 

१०००००

 

१०

गागल वडा नं. १ पानीविनाटार सडक

 

१०००००

 

 

जम्मा

 

१५०००००

 

मर्मत संभार (आवधिक सडक मर्मत सुधार समेत)

 

३००००००

 

अन्य कार्यक्रम (कार्यक्रम बमोजिम पछि विनियोजन गर्ने)

 

१४६९६२४

 

 

जम्मा

 

२४४६९६२४

 

युवा तथा खेलकुद पूर्वाधार तर्फः-

 

 

 

भौतिक पूर्वाधार तर्फ

 

१०००००००

 

खेलकुद कार्यक्रम तर्फ

 

८५२२१२

 

 

जम्मा

 

१०८५२२१२

 

 

पर्यटन पूर्वाधार तर्फः-

 

 

 

पर्यटन गुरुयोजना र पूर्वाधार (समितिले बनाएको कार्यक्रम बमोजिम)

 

३६१७४०८

 

संपदा संरक्षण तर्फः-

कागेश्वरी मन्दिर रेलिङ्ग तथा जग्गा व्यवस्थापन‚ गागलफेदी

 

२०००००

 

समलिङ्गेशवर निर्माण‚ डाँछी

 

३०००००

 

महाकाल भैरव जिर्णोद्धार‚ मूलपानी

 

१५००००

 

मनकामना मन्दिर निर्माण‚ मूलपानी

 

१०००००

 

ओमशान्ती समिति‚ मूलपानी

 

५००००

 

पिपलबोट चौतारो रेलिङ्ग निर्माण‚ मूलपानी

 

१०००००

 

विरभद्र कुण्ड गोठाटार‚

 

१०००००

 

गणेश भैरव मन्दिर वडा नं. ४‚

 

१०००००

 

रामजानकी मन्दिर‚ आलापोट

 

१०००००

 

१०

गीता मन्दिर मूलपानी‚

 

५००००

 

११

पारषी देवी मन्दिर गागल ‚

 

१०००००

 

१२

तेजविनायक गोठाटार‚

 

१०००००

 

१३

कृष्णप्रणामी मन्दिर आलापोट‚

 

१०००००

 

१४

सिद्धी विनायक मन्दिर ‚ गोठाटार

 

५००००

 

१५

ज्वालादेवी मन्दिर गोठाटार‚

 

१०००००

 

१६

क्रिकेटमैदान मनकामना मन्दिर‚

 

१०००००

 

१७

भिमसेनपाटी मन्दिर आलापोट‚

 

१०००००

 
 

अन्य (कार्यक्रम प्राप्त भएपछि विनियोजन गर्ने)

 

१७१७४०८

 

 

जम्मा

 

३६१७४०८

 

सार्वजनिक सम्पति संरक्षण तर्फः-

अधिकारी गाउँको स्कूल पछाडीको पहिरो नियन्त्रण

 

२०००००

 

वडा नं. ४ मननटारको पहिरो नियन्त्रण

 

५०००००

 

गागलफेदी मगरगाउँको पहिरो नियन्त्रण

 

१०००००

 

ढकाल गाउँ वस्ती पहिरो नियन्त्रण

 

१०००००

 

हरहरमहादेव मनहरा नदी कटान नियन्त्रण

 

२०००००

 

तिवारीटोल भूक्षय नियन्त्रण

 

२०००००

 

सृजनाटोल नवतमधाम खहरे नियन्त्रण

 

२०००००

 

काभ्रे पहिरो नियन्त्रण

 

२०००००

 

अन्य कार्यक्रम

 

१९१७४०८

 

 

जम्मा

 

३६१७४०८

 

 

  • कागेश्वरी मनहरा नगरपालिका स्थापना पश्चात नगरपालिका बोर्ड वैठकबाट भएका देहायमा उल्लेख भएका निर्णयका मुख्य विषय वस्तु र चालु आ.व. २०७२/०७३ को मिति २०७२।०५।२४ सम्मको सम्पूर्ण आय व्यय तथा बोर्ड निर्णयहरुलाई अनुमोदन गर्ने निर्णय गरियो ।

 

सि.नं.

बोर्ड वैठकको निर्णय मिति

निर्णय भएको मुख्य विषय वस्तु

२०७२।०१।२३

राहत‚ मृतक आर्थिक सहायता वितरण गर्ने‚ गाडी भाडामा लिने‚ भवन भाडामा लिने विषय

२.

२०७२।०२।२२

राहत वितरणको कार्य अनुमोदन गर्ने‚ रु १५ हजार वितरण गर्ने विषय

३.

२०७२।०२।३२

प्रथम नगरपरिषद् गर्ने‚ साविक गाउँ परिषदले निर्णय गरी कार्य सम्पन्न भएका योजनाहरुको भूक्तानि दिने‚ भूकम्प स्मृति पार्क स्थापना गर्न सहयोग गर्ने विषय

४.

२०७२।०३।३१

राहत प्राप्त रु. २६ लाख खर्च अनुमोदन‚ चालु वर्षमा भएका खर्चको अनुमोदन‚ (ट्रिपर र मोटरसाईकल खरिद) आ.व. ०७२/७३ को लागि वार्षिक आय व्यय अनुमोदन गर्ने विषय

५.

२०७२।०४।०१

साविक देखि काम गरेका कर्मचारीहरुको करार सेवा कार्यको निर्णय गरिएको‚ मिति २०७२।०३।१५ को प्रथम नगरपरिषद्ले  अनुसूची ८ को सि.नं. ५७  मा व्यवस्था भए बमोजिम कार्यकारी अधिकृतबाट सडक मर्मत तथा ग्राभेल गर्न रु.२० लाख विनियोजित रकमलाई बाँड फाँड गर्ने विषय

६.

२०७२।०४।३२

नगरपालिका कार्यालयको लागि ईन्जिनियर‚ ओ.सि. सहायक कम्प्यूटर अप्रेटर‚ कार्यालय सहयोगी लगायत अन्य कर्मचारी करार सेवामा नियुक्ति गर्ने‚ एम्वुलेन्स मर्मत गर्ने‚ एम्बुलेन्स चालकलाई औषधि उपचार खर्च दिने विषय

७.

२०७२।०५।०१

नगरपालिकाको विशेष नगरपरिषद् सम्पन्न गर्ने‚ वार्षिक समिक्षा कार्यक्रम सम्पन्न गर्ने विषय

८.

२०७२।०५।२४

आ.व. ०७१/७२ र ०७२/७३ को मिति २०७२।०५।२४ सम्मको नगरपालिकाबाट भएको सम्पूर्ण आम्दानी खर्च अनुमोदन गर्ने विषय