FAQs Complain Problems

मेट्रिक ठेगाना प्रणालीमा आधारित घर नम्बर लेख्न तथा पारिवारिक विवरण लिने सम्बन्धी सूचना ।

कागेश्वरी मनोहरा नगरपालिकाको सूचना

मेट्रिक ठेगाना प्रणालीमा आधारित घर नम्बर लेख्न तथा पारिवारिक विवरण लिने सम्बन्धी सूचना ।

काठमाण्डौं महानगरपालिकाको जस्तै मेट्रिक ठेगाना प्रणाली अब कागेश्वरी मनोहरा नगरपालिका क्षेत्रमा पनि लागू हुँदैछ । तपाई हामी सबैले सहयोग गरी कागेश्वरी मनोहरा नगरपालिकालाई व्यवस्थित गर्ने कार्यलाई सफल बनाऊँ ।
यो ठेगाना प्रणालीको विशेषता:
• घर तथा बाटो पत्ता लगाउन सजिलो हुने । बाटोको शुरु बिन्दुबाट नाप गरी कति मिटरमा घरको मुख्य दैलो (गेट) पर्ने हो सो मिटर नै घर नम्बर हुने ।
• चिठ्ठीपत्र साथै अन्य सरसामान पुर्याउन सजिलो हुने ।
• शहरी सेवा दिने सबै निकायले एउटै नम्बर प्रयोग गर्ने ।
• कालान्तर सम्म जग्गाको कित्ताकाट वा अंशवण्डा भएमा पनि यही नम्बर प्रयोगमा आउने ।
• आपत्कालिन अवस्थामा पनि घर नम्बरबाट घरको तुरुन्तै पहिचान हुने हुँदा चाहिएको सेवा जस्तै दमकल, एम्बुलेन्स, ट्याक्सी आदि तुरुन्त प्राप्त गर्न सकिने ।
यस नगरपालिकाको प्रत्येक घरमा मेट्रिक घर नम्बर लेख्ने, सामाजिकआर्थिक तथा पारिवारीक विवरण लिने कार्यको लागि तपाई हाम्रो घरदैलोमा आउने टोलीलाई सहयोग गरी यो नगरलाई व्यवस्थित नगरको रुपमा स्थापित गर्ने कार्यमा विशेष योगदान पुर्याउनु हुन सम्पूर्ण नगरवासीमा हार्दिक अपिल गरिएको छ । थप जानकारीको लागि कागेश्वरी मनोहरा नगरपालिकामा सम्पर्क राख्न सक्नु हुनेछ ।

कृष्णहरि थापा, नगर प्रमुख, कागेश्वरी मनोहरा नगरपालिका

 

 

 

11